
काठमाडौं । नेकपा एमालेका नेता हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । कार्कीलाई आइतबार प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख खापुङले कुनै दलले स्पष्ट बहुमत नल्याएकाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए । सोही बमोजिम कार्कीले ६० प्रदेशसभा सदस्यको समर्थनमा प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
प्रदेश १ मा माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा दाबी गर्दै आएको थियो । शीर्ष नेताबीच प्रदेश १ सरकारको नेतृत्व एमालेले गर्ने सहमति जुटेसँगै उनले मुख्यमन्त्रीमा दाबी गरेका थिए ।
प्रतिक्रिया