Pura Samachar

नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चा पार्टी र नेपाल मजदुर किसान पार्टीसहित तीनजना स्वतन्त्र सांसदले प्रतिपक्षमा बस्ने

प्रकाशित: January 8, 2023
पूरा समाचार

नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चा पार्टी र नेपाल मजदुर किसान पार्टीसहित तीनजना स्वतन्त्र सांसदले प्रतिपक्षमा बस्ने

नेकपा (एकीकृत समाजवादी)ले पनि प्रतिपक्षमा नाम लेखाएको छ । संसद्मा प्रमुख प्रतिपक्ष रहनेगरी कांग्रेसले पनि प्रतिपक्षी बेन्च रोजेको छ ।

“हामीले संसद्को पहिलो बैठकको व्यवस्थापनका लागि सबै दललाई सोधेका थियौँ । नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चा पार्टी र नेपाल मजदुर किसान पार्टीसहित तीनजना स्वतन्त्र सांसदले प्रतिपक्षमा बस्ने जानकारी गराउनुभएको छ,” संघीय संसद् सचिवालयको सहायक प्रवक्ता दशरथ धमलाले बाह्रखीसँग भने, “अब हामी यही आधारमा बैठकको व्यवस्थापनको तयारीमा लागेका छौँ ।”

प्रतिक्रिया