Pura Samachar

बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा

प्रकाशित: January 9, 2023
पूरा समाचार

बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा

एट्लेटिको मड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । खेलमा ओसमान डेम्बेलेले पहिलो हाफमा गरेको एक  गोल नै  निर्णायक बन्न पुगेको थियो । खेलको २२ औँ मिनेटमा गोल गर्दै डेम्बेलेले बार्सालाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा उनको प्रहार पोस्टमा लागेको थियो ।

खेलको अन्त्यमा स्टेफन साभिच र फेरान टोरेसले रातोकार्ड पाएपछि दुवै टोली १०–१० खेलाडीमा सीमित भएका थिए । जीतसँगै बार्सिलोनाले १६ खेलबाट ४१ अंक बटुलेको भने  शनिबार पराजित भएको रियल ३८ अंकसहित दोस्रो स्थानमा रहेको छ । एट्लेटिको  २७ अंकसहित पाँचौँ स्थानमा रहेको  छ ।

प्रतिक्रिया