
काठमाडौँ — नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारमा सहभागी नहुने, तर दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । सहमहामन्त्री महेन्द्र यादवले बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिए । ‘अहिले हामीले वर्तमान संविधानको रक्षाका लागि यो सरकारलाई विश्वासको मत दिने निर्णय गरेका छौँ,’ उनले भने ।
प्रतिक्रिया