Pura Samachar

श्रीलंकासग एकदिवसीय सिरिजमा भारत ६७ रनले विजयी

प्रकाशित: January 11, 2023
पूरा समाचार

श्रीलंकासग एकदिवसीय सिरिजमा भारत ६७ रनले विजयी

काठमाडौं ।श्रीलंकासँगको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोली भारत ६७ रनले विजयी भएको छ । भारतले दिएको ३ सय ७४ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारितले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ६ रन बनायो । उसका लागि कप्तान दासुन शनाकाले उत्कृष्ट शतकीय पारी खेले पनि टिमलाई जित दिलाउन भने सकेनन् ।

८८ बलको सामना गरेका उनले १२ चौका र तीन छक्काको मद्दतमा अविजित सर्वाधिक १ सय ८ रन बनाए ।शनाकाको यो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा दोस्रो शतक हो ।त्यस्तै, उनको यो वानडे क्रिकेटमा सर्वाधिक स्कोर पनि हो । यसअघि यो फम्र्याटमा शनाकाको उच्चस्कोर १ सय २ रन थियो । त्यस्तै, ओपनिङ ब्याटर पथुम निसानकाले पनि अर्धशतकीय पारी खेले ।

उनले ८० बलमा ११ चौकाको सहयोगमा ७२ रन जोडे । धनन्जय डिसिल्भाले ४७, चरित असालान्काले २३, वानिन्दु हसरंगाले १६ र चमिका करुणारत्नेले १४ रन बनाए ।  भारतका लागि उमरान मलिकले तीन, मोहम्मद सिराजले दुई, हार्दिक पाण्ड्या, युजवेन्द्र चहल र मोहम्मद शामीले एक/एक विकेट आफ्नो नाममा गरे ।उनले ८० बलमा ११ चौकाको सहयोगमा ७२ रन जोडे । धनन्जय डिसिल्भाले ४७, चरित असालान्काले २३, वानिन्दु हसरंगाले १६ र चमिका करुणारत्नेले १४ रन बनाए ।  भारतका लागि उमरान मलिकले तीन, मोहम्मद सिराजले दुई, हार्दिक पाण्ड्या, युजवेन्द्र चहल र मोहम्मद शामीले एक/एक विकेट आफ्नो नाममा गरे ।त्यसअघि गुवाहाटीस्थित बार्सपारा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ७३ रन बनायो । उसका लागि पूर्वकप्तान विराट कोहलीले शतकीय पारी खेले । उनले ८७ बलमा १२ चौका र एक छक्काको मद्दतमा १ सय १३ रन बनाए ।एकदिवसीयमा कोहलीको यो ४५ औं शतक हो । योसँगै उनले इतिहास रचेका छन् । आफ्नो घरेलु मैदानमा वानडे क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडी बन्दै कोहलीले इतिहास रचेका हुन् । अब पूर्वकप्तान सचिन तेन्दुलर र कोहलीको नाममा घरेलु मैदानमा २०/२० वानडे शतक बनेको छ ।त्यस्तै, कोहली श्रीलंकाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडीसमेत बनेका छन् । उनले हालसम्म श्रीलंकाविरुद्ध ९ शतक बनाएका छन् । यसअघि श्रीलंकाविरुद्ध सर्वाधिक वानडे शतक बनाउने कीर्तिमान पूर्वखेलाडी सचिन तेन्दुल्करले नाममा थियो । उनले श्रीलंकाविद्ध ८ शतक बनाएका थिए ।

प्रतिक्रिया