Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: January 11, 2023
पूरा समाचार

सुनको मूल्य घटयाे

नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ।

अघिल्लो कारोबार दिन प्रतितोला चार सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया