
काठमाडौं । पर्सामा निसास्सिएर दुई जनाको ज्यान गएको छ ।
बुधबार पर्सा जील्लाको वीरगञ्ज महानगरपालिका(२२ जगरथानपुरको त्रिपति ट्रेडिङ एण्ड सप्लायर्स कोइला डिपोमा कोठामा निसास्सिएर उनिहरुको ज्यान गएको हो । मृत्यु हुने दुबै जना भारतीय नागरिक रहेका प्रहरी ले जनाएको छ ।
मृत्यु हुने दुबै जना भारतको बिहार मोतिहारी घर भएका २९ वर्षका पवित्र गिरी र भारत नै घर भएका सोही डिपोका म्यानेजर ३० वर्षका मिथिलेस यादव रहेका छन् ।डीएसपी दीपक गिरीका अनुसार उनीहरु डिपोकै एकतले पक्की भवनको कोठामा आल्मुनियमको झ्याल ढोका बन्द गरी सुतेका थिए ।
डिपोको रेखदेख गर्न बसेका उनि हरु विहान १० बजेसम्म पनि बाहिर ननिस्केपछि प्रहरीले ढोका फोडेर हेर्दा मृत भेटिएका थिए। बन्द कोठामा कोइला वालेर झ्याल ढोका बन्द गरी सुतेको र अक्सिजन ग्यासको कमी भई ज्यान गएको डीएसपी गिरीले बताए ।
प्रतिक्रिया