
काठमाडौ । साता कारोबारको अन्तिम दिन शेयर कारोवारमा ठुलो गिरावट आएको छ । बजार परिसूचक नेप्से ४१.०२ अंकले घटेर २ हजार १ सय ४९ दशमलब ४१ विन्दुमा आइपुगेको हो। सामान्यतः ब्याजदर घट्दा सेयर बजार बढ्ने सैद्धान्तिक मान्यता भएपनि आज भने बजार घटेको छ ।आज कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार ७ अर्ब ६५ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज कारोबार ५ अर्ब ४७ करोडमा झरेको हो ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, रिडी पावर, ङादी ग्रुप, अपी पावर, माथिल्लो तामाकोसी क्रमशः अगाडि रहे । आज शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ। कम्पनीको २२ करोड २० लाखको सेयर कारोबार भएको हो। कुमारी धनवृद्धि योजना, सिंगटी हाइड्रो, वाराही हाइड्रो र एनआईबीएल समृद्धि फन्ड टु का लगानीकर्ताले १० प्रतिशत आम्दानी गरेका छन्। आज २१ कम्पनीको मूल्य बढेको छ । १ सय ८४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । आज सबैजसो उपसमूह घटेका छन् । बैंकिङ १५, विकास बैंक ९४, फाइनान्स ६८, होटल तथा पर्यटन ८५, जलविद्युत् ५८, जीवन बीमा ३०९, उत्पादन १ सय ३९, माइक्रोफाइनान्स ९३, निर्जीवन बीमा २३३ र अन्य उपसमूह २१ अंक घटेका छन । ब्यापार उपसमूह भने १५ अंक बढेको छ ।
प्रतिक्रिया