Pura Samachar

सुनको मूल्य बढयो

प्रकाशित: January 13, 2023
पूरा समाचार

सुनको मूल्य बढयो

शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया