
काठमाडौं, इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । शनिबार राति भएको खेलमा लिभरपुललाई ब्राइटनले ३-० गोल अन्तरले हराएको हो ।ब्राइटनको जितमा सोली मार्चले दुई गोल गरे । ड्यानी वेल्बेकले एक गोल थपे ।
खेलको ४६ औं मिनेटमा मार्चले गोल गर्दै ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा मार्चले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राइटनलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा वेल्बेकले गोल गर्दै ब्राइटनलाई ३-० को जित दिलाए । जितसँगै ब्राइटनले १८ खेलमा ३० अंक जोडेको छ ।
प्रतिक्रिया