Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: January 16, 2023
पूरा समाचार

सुनको मूल्य बढयाे

नेपाली बजारमा चाँदीको मूल्य बढ्ने क्रम जारी रहेको छ।

आइतबार प्रतितोला ११ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया