Pura Samachar

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपप्रधानसहित तीन मन्त्री, एक राज्यमन्त्री र प्रतिनिधिसभको उपसभामुख पाउने

प्रकाशित: January 17, 2023
पूरा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपप्रधानसहित तीन मन्त्री, एक राज्यमन्त्री र प्रतिनिधिसभको उपसभामुख पाउने

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपप्रधानसहित तीन मन्त्री, एक राज्यमन्त्री र प्रतिनिधिसभको उपसभामुख पाउने भएको छ । सोमबार बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा सो पार्टीले गृहसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालय पाउने निर्णय भएको हो ।उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा पार्टीका सभापति रवि लामिछानले काम थालिसकेका छन् ।रास्वपाको भागमा एक राज्यमन्त्री पनि परेको छ । उपप्रधान तथा गृहमन्त्रीका सचिवालय संयोजक रहेका रास्वपाका केन्द्रीय सदस्य दिपक बोहोराका अनुसार रास्वपाले प्रतिनिधिसभाको उपसभामुख पनि पाउने भएको छ ।सभामुख पद भने एमालेको भागमा परेको छ ।रास्वपाले मंगलबार बिहान मन्त्री बन्नेहरूको नामको टुङ्गो लगाउने भएको छ ।

प्रतिक्रिया