Pura Samachar

सुनचाँदीको मूल्य घटयाे

प्रकाशित: January 17, 2023
पूरा समाचार

सुनचाँदीको मूल्य घटयाे

स्थानीय बजारमा मंगलबार सुन–चाँदीको मूल्य सामान्य अंकले घटेको छ।

सोमबार प्रतितोला दुई सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला एक सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख पाँच हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया