Pura Samachar

भारतले रोमाञ्चक खेलमा न्युजिल्यान्डलाई १२ रनले पराजित

प्रकाशित: January 19, 2023
पूरा समाचार

भारतले रोमाञ्चक खेलमा  न्युजिल्यान्डलाई १२ रनले पराजित

काठमाडौं, रोमाञ्चक खेलमा न्युजिल्यान्डलाई १२ रनले पराजित गर्दै भारतले तीन खेलको एकदिवसीय शृङ्खलामा १–० को अग्रता बनाएको छ ।

बुधबार राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालमा भएको खेलमा भारतले प्रस्तुत गरेको ३५० रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४९.२ ओभरमा सबै विकेट गुमाएर ३३७ रन मात्र बनाउन सक्यो ।

न्युजिल्यान्डलाई अन्तिम ओभरमा जितका लागि २१ रनको आवश्यकता थियो । यद्यपि, न्युजिल्यान्डको ९ विकेट झरिसकेको थियो ।

प्रतिक्रिया