
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सभामुखमा कांग्रेस उम्मेदवारलाई मत दिने निर्णय गरेको छ । पार्टी कार्यालय तीनकुनेमा बिहान बसेको सचिवालय बैठकले प्रतिनिधिसभाको सभामुख पदमा कांग्रेसका उम्मेदवारको पक्षमा मत दिने निर्णय गरेको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए।
कांग्रेसबाट सभामुख पदमा उम्मेद्वारी दिएकी इश्वरी न्यौपानेको समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला रहेका छन्। सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे सभामुखमा भिड्दै छन्।
घिमिरेका प्रस्तावकमा सुवासचन्द्र नेम्बाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्र लिङदेन र रवि लामिछाने छन्।
प्रतिक्रिया