Pura Samachar

काठमाडौँबाट तीनजनाको साथबाट प्रहरीले ७३१ थान राहदानी बरामद

प्रकाशित: January 19, 2023
पूरा समाचार

काठमाडौँबाट तीनजनाको साथबाट प्रहरीले ७३१ थान राहदानी बरामद

काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित दुई होटलमा बसेका तीनजनाको साथबाट प्रहरीले ७३१ थान राहदानी बरामद गरेको छ ।

वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट ७३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । उक्त होटलमा शङ्कास्पद व्यक्ति छन् भन्ने सूचनाका आधारमा गोंगबु प्रहरी प्रभागबाट अनुसन्धानका लागि प्रहरी टोली खटिएको थियो ।

उक्त टोलीले होटेल सोनाबाट शङ्कास्पदरुपमा रहेको ७१७ थान र होटल पल्लिकोटबाट १४ थान गरी जम्मा ७३१ थान राहदानी बरामद गरेको प्रहरी प्रधान कार्यालयले जानाएको छ । गएराति पक्राउ परेका उनीहरुका सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया