Pura Samachar

इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज विभिन्न ६ खेल हुँदै

प्रकाशित: January 21, 2023
पूरा समाचार

इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज विभिन्न ६ खेल हुँदै

काठमाडौं, माघ ७। इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज विभिन्न ६ खेल हुँदैछन् । आज हुने खेल मध्ये एक खेलमा हेभिवेट भिडन्त हुन गइरहेको छ, जहाँ लिगका दुई बलिया टोलीहरू लिभरपुल र चेल्सी आमनेसामने हुँदैछन् । यो सिजन खराब अवस्थाबाट गुज्रिरहेका यी दुई टिम अहिले नवौं र १०औं स्थानमा मात्रै रहेका छन् । आजको खेलका लागि लिभरपुलले चेल्सीलाई आफ्नो घरेलु मैदान एनफिल्ड रंगशालामा स्वागत गर्दैछ । नवौं स्थानको लिभरपुल र १०औं स्थानको चेल्सीको आजको खेल दुवै टिमका लागि सजिलो हुनेछैन ।

यो सिजन १८ खेल सकिँदा ८ खेल मात्रै जितेको लिभरपुलले पछिल्ला २ खेल लगातार हारेको छ । उसले ४ खेल बराबरी खेल्दा ६ खेल हारिसकेको छ । उता, चेल्सीले १० खेल खेलेकोमा उसले पनि समान ८ खेल नै जित्दा ४ खेल बराबरी गरेको छ भने ७ खेल हारिसकेको छ । चेल्सीले दुई खेल लगातार हारेर पछिल्लो खेल भने जितेको छ । चेल्सीले पछिल्ला ५ लिग खेलमा २ खेल जितेर २ खेल हार्दा १ खेल बराबरी गरेको छ । लिभरपुलले भने ३ खेल जितेर २ खेल हारेको छ । आजको खेलमा लिभरपुलमाथि लगातार तेस्रो हार पन्छाउनुपर्ने दबाब हुनेछ ।
  1. लिभरपुल भर्सेस चेल्सी – साँझ ६ः१५ बजे
  2. लेस्टर सिटी भर्सेस ब्राइटन – राति ८ः४५ बजे
  3. साथह्यापटन भर्सेस एस्टोन भिल्ला – राति ८ः४५ बजे
  4. वेस्ट ह्याम भर्सेस एभर्टन – राति ८ः४५ बजे
  5. बोर्नेमाउथ भर्सेस नटम फोरेस्ट – राति ८ः४५ बजे
  6. क्रिस्टल प्यालेस भर्सेस न्यूक्यासल – राति ११ः१५ बजे

प्रतिक्रिया