Pura Samachar

नेपोलीले लिग तालिकाको शीर्ष स्थानमा , १२ अंकको फराकिलो अग्रता

प्रकाशित: January 22, 2023
पूरा समाचार

नेपोलीले लिग तालिकाको शीर्ष स्थानमा , १२ अंकको फराकिलो अग्रता

रोम। इटालियनकपबाट बाहिरिएको चोट बिर्सदै सिरी ‘ए’को शीर्ष स्थानमा रहेको नेपोलीले शनिबार आफ्नो छिमेकी प्रतिद्वन्द्वी सालेरनिटानालाई २–० ले हराएको छ । नेपोलीका लागि जियोभानी डि लोरेन्जो र भिक्टर ओसिमहेनले गोल गरे । यो जितपछि नेपोलीले लिग तालिकाको शीर्ष स्थानमा डिफेन्डिङ च्याम्पियन एसी मिलानमाथि १२ अंकको फराकिलो अग्रता लिएको छ । ओसिमहेनले १६ खेलबाट १३ गोल गरेका छन् र यस सिजन लिगमा सर्वाधिक गोलकर्ता सूचीको शीर्ष स्थानमा छन् ।

शनिबारका अन्य खलमा टुरिनोले फियोरेन्टिनालाई १–० र भेरोनाले लेचेलाई २–० ले हरायो ।

प्रतिक्रिया