Pura Samachar

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक मोन्टी देसाई नियुक्त हुने

प्रकाशित: January 22, 2023
पूरा समाचार

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक मोन्टी देसाई नियुक्त हुने

काठमाडाै । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक मोन्टी देसाई नियुक्त हुने भएका छन । आवेदक २४ जनामध्ये देसाईलाई नै मुख्य प्रशिक्षकका रूपमा नियुक्त गर्न नेपाल क्रिकेट संघ ‘क्यान’ले अन्तिम तयारी गरेको हो । आवेदकमध्ये पाँच जनासँग अन्र्तवार्ता लिएर क्यानले देसाईलाई नियुक्त गर्ने प्रक्रिया अघि बढाएको हो । क्यानको सिफारिस राखेपले स्वीकृत गरेपछि देसाईले जिम्मेबारी सम्हाल्ने बताइएको छ । क्यानले प्रशिक्षकका लागि देसाईसँगै, अस्ट्रेलियाका डेभ वाट्मोर, न्युजिल्यान्डका ग्लेन पोकनल, दक्षिण अफ्रिकाका रुसेल डोमिंगो र श्रीलंकाका धम्मिका प्रसादसँग अन्तर्वार्ता लिएको थियो । देसाईसँग विभिन्न देशको प्रशिक्षण सम्हालेको अनुभव छ ।सन् २०१७ मा देसाई नेपालका ब्याटिङ सल्लाहकार थिए । २०१४ को ट्वान्टी–२० विश्वकप र २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डमा भएको ट्वान्टी–२० विश्वकप छनोटमा पनि देसाई नेपाली टिमसँग आबद्ध थिए । देसाईले अफगानिस्तान र युनाइटेड अरब इमिरेट्सको ब्याटिङ प्रशिक्षकका रूपमा काम गरिसकेका छन् । उनले क्यानडा र वेस्ट इन्जिड क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकको रुपमा पनि काम गरेका छन । उनीसँग नौ वर्ष इन्डियन प्रिमियर लिगमा फरक–फरक क्लबहरूसँग काम गरेको अनुभव छ । मनोज प्रभाकरले गएको मंसिरमा राजीनामा दिएपछि नेपाली क्रिकेट टिम मुख्य प्रशिक्षकविहीन बनेको थियो । प्रभाकरले नेपाली टिमको प्रशिक्षण सम्हालेको चार महिनामै जिम्मेवारी छोडेका थिए ।।

प्रतिक्रिया