Pura Samachar

म्यानचेस्टर सिटीकाे जित

प्रकाशित: January 22, 2023
पूरा समाचार

म्यानचेस्टर सिटीकाे जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा सिटीले उल्भ्सलाई ३-० गोल अन्तरले हराएको हो ।सिटीको जितमा एर्लिङ हालाण्डले ह्याट्रिक गरे ।

खेलको ४० औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

५० औं मिनेटमा हालाण्डले पेनाल्टीबाट गोल गर्दा सिटीको अग्रता दोब्बर बन्यो ।

त्यसपछि खेलको ५४ औं मिनेटमा हालाण्डले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्दा सिटीले ३-० को जित निकालेको हो ।

हालाण्डको यो प्रिमियर लिगमा चौंथो ह्याट्रिक हो ।

जितसँगै सिटीले २० खेलमा ४५ अंक जोडेको छ ।

दोस्रो स्थानको सिटीले लिग लिडर आर्सनलविरुद्धको अंक दुरी समेत घटाएको छ ।

उल्भ्स १७ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया