Pura Samachar

मुलुकले राज नेता नपाउनु नै दुखद कुरा हो

प्रकाशित: January 23, 2023
पूरा समाचार

मुलुकले राज नेता नपाउनु नै दुखद कुरा हो

✍️ डा. डी .आर. उपाध्याय खनाल

अब नेपालको राजनीति सहि ढंगले चल्नु पर्छ । हिजो जसरी चल्यो त्यसरी हुदैन । मुलुक परिबर्तनशिल छ । परिवर्तन संगै जनताका आकाँक्षा पनि बढेका हुन्छन । अब सबै भन्दा पहिला राजनीतिक दल र तिनका नेताहरु सुर्धन आबश्यक देखियो । नेताहरुमा सुधार आयो भने पक्कै देश बन्छ । आज देशमा नेताहरु प्रति कार्यकर्ताको विश्वास छैन। कारण के हो भने नेताहरुले मुलुक प्रति खासै राम्रो काम गरेर देखाउन सकेनन् । नेताहरुले जनताको मन जित्न सक्नु पर्छ । त्यसो भयो भने मात्र मुलुकको भबिश्य बन्छ । आज देशमा विश्वासको संकट छ । सबै राजनीतिक दलका कार्यकर्ताहरु त्यति सन्तुष्टि छैनन् । नेताहरुले आफना आसेपासे मात्र हेरे कार्यकर्ता हेरेनन् । यो कुरा त सत्य हो नी । राजनीतिका कारण हरेक कुरा बिग्रदै गएको छ । राजनीति सही बाटोमा जानु पर्छ भन्ने हाम्रो कुरा हो । राजनीतिक बाटो सहि भयो भने मात्र सबै कुरा सहि बाटोमा आउँछ । यो बिषयमा लामो समय देखि बहस चलिरहेकै छ । तर अझै सम्म सार्थक परिणाम आउन सकेको छैन । राजनीतिमा एउटा स्थिरता, अडान र सिद्धान्त हुनुपर्छ। अहिलेको राजनीतिमा खासै सम्भावना केही देखिदैन । नयाँ पुस्ता उदाए, सरकारमा पनि गए तर परिणाम कस्तो दिने हुन त्यो त हेर्न बाँकी छ नी । अहिले नै खुसी हुने बेला होइन । खुसी त परिणाम पछि हुने हो । नयाँ पुस्ताले इमानको राजनीति गरे भने भबिश्य राम्रो हुने देखिन्छ । तर अहिले नै यसै भन्न सकिन्न । खास गरी रबि लामिछाने र राजेन्द्र लिङ्देनको अग्निपरिक्षा हो यो । दुबै उपप्रधानमन्त्री छन । हिजो बोलेका कुरा कार्यान्वयन हुन्छन की हुदैनन् जनताले पर्खेर बसेका छन । कुरा मात्र चर्को गर्ने की परिणाम पनि दिने ? जनताले प्रश्न गरेका छन । नयाँ अनुहार मन्त्रीमा छन् अब के हुन्छ ? अब उनीहरुले मुलुक कसरी बनाउछन ? अब नेपालको राजनीति नयाँ शिराबाट जानुपर्छ। जनताका इच्छा र आवश्यकता पुरा हुनु पर्छ । जनतालाई विश्वासमा दिलाउने किसिमले काम अघि बढनु पर्छ । अहिले सम्म त्यस्तो देखिएको छैन । नयाँ अनुहारले राम्रो काम गरेर चमत्कार देखाउनु पर्छ । यदि उनीहरुले चमत्कार देखाउन सकेनन भने पछि आफै सकिन्छन । यो त इतिहासले देखाएको बाटो हो । इतिहासमा नराम्रो काम गर्ने हरु सकिदै आएका छन । अब यो भन्दा धेरै कुरा नगरौं । राजनीति भनेको समाज सेवा हो । राजनीतिको नाममा जसले फाइदा लिन खोज्छ त्यो भबिश्यमा समाप्त हुन्छ । राजनीति त्यति सजिलो कुरा होइन, जनताले मन नपाराए सम्म राजनेता बन्न सकिदैन । राजनेता नभए सम्म देश बनाउन सकिदैन । हाम्रो देशले राजनेताको खोजि गरिरहेको छ । अहिले सम्म राजनेता मुलुकले पाउन सकिरहेको छैन । यो कुरा म बारम्वार भनिरहेको छु । मुलुकले राज नेता नपाउनु नै दुखद कुरा हो ।

प्रतिक्रिया