
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ। सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यो निर्णय गरेको हो।
‘राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको पूर्वमहामन्त्री डा. शशांक कोइरालाले जानकारी दिए । व्यक्तिको विषयमा भने छलफल भएको छैन।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने भएको हो। यसअघि सभामुख र उपसभामुखमा पनि कांग्रेसले उम्मेदवार बनाएको थियो।
राष्ट्रपति पनि राष्ट्रिय सहमतिमा नै टुंग्याउने गरी तयारी अघि बढेको प्रधानमन्त्री प्रचण्डले बताएका छन्। राष्ट्रपतिमा सबै दलको सहयोग लिएर अगाडि बढ्ने कांग्रेसले निर्णय गरेको छ ।
प्रतिक्रिया