Pura Samachar

पिएसजी फराकिलो जित

प्रकाशित: January 24, 2023
पूरा समाचार

पिएसजी फराकिलो जित

एजेन्सी – फ्रान्सेली युवा फरवार्ड किलियन एमबाप्पे एक्लैले ५ गोल गर्दा पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा पेस डे कासलमाथि फराकिलो जित दर्ता गरेको छ ।अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीलाई विश्राम दिइएको खेलमा पिएसजीले ७-० को जित दर्ता गरेको हो । एमबाप्पे एक्लैले पाँच गोल गर्दा नेयमार र कार्लोस सोलरले १-१ गोल थपे । जितसँगै पिएसजी प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

फ्रान्सेली फुटबलको छैटौं श्रेणीमा खेल्ने क्लबले प्रतियोगितामा यसअघि तीन खेल जितिसकेको थियो । सोमबार पनि पिएसजीलाई २९ मिनेटसम्म गोल गर्न दिएको थिएन । तर एमबाप्पेले अग्रता दिलाएपछि नेयमारले अर्को गोल थपे ।

एमबाप्पेले त्यसपछि लगातार गोल गर्दै पहिलो हाफमै ४-० को अग्रता दिलाए । दोस्रो हाफमा पनि एमबाप्पेको दुई गोलको बीचमा सोलरले पनि गोल थप्दै फराकिलो जित पक्का गरे ।

अब पिएसजीले क्वाटरफाइनलमा पुग्न मार्सेको सामना गर्नेछ ।

प्रतिक्रिया