गत महिना भएको नेपाल टि–२० लिगमा भएको स्पट फिक्सिङमा टिमकै व्यवस्थापकको संलग्नता देखिएको छ। लिग चलिरहेकै बेला फिक्सिङको आशंक गरिएपछि सिआईबीले गठन गरेको छानविन समितिले स्पट फिक्सिङमा चार टिमका व्यवस्थापक संलग्नता देखिएको छ।
सिआईबीका अनुसार काठमाडौं नाइट्स, बिराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फरवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नता देखिएको छ।
सीआईबीका अनुसार फिक्सिङमा जम्मा १० जनाको संलग्नता देखिएको छ। जसअनुसार १ नेपाली र १ विदेशी खेलाडी पनि फिक्सिङमा संलग्न रहेको बताइएको छ।
फिक्सिङमा संलग्न भएको आरोपमा क्रिकेटर आदिल आलम र पूर्व क्रिकेटर महबुब आलम पक्राउ परिसकेका छन् । दुबैलाई राष्ट्रिय खेलकुद विकास ऐन अनुसार अनुसन्धानका लागि ५ दिन म्याद थपिएको छ।
फिक्सिङको अनुसान्धनमा नेपाली राष्ट्रिय टिमका विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद पनि तानिएको बताइएको छ। तर, उनले फिक्सिङ गरे–नगरेको पुष्टी नभएको बताइएको छ।
प्रतिक्रिया