Pura Samachar

भारतले न्युजिल्यान्डविरुद्धको तीन खेलको वनडे सीरीज (३–०) ले क्लीन स्वीप

प्रकाशित: January 25, 2023
पूरा समाचार

भारतले न्युजिल्यान्डविरुद्धको तीन खेलको वनडे सीरीज (३–०) ले क्लीन स्वीप

इन्दौर– भारतले न्यूजील्याण्डलाई इन्दौरमा खेलिएको तेस्रो वनडे खेलमा पराजित गर्दै सीरीज क्लीन स्वीप गरेको छ ।

रोहित शर्मा तथा शुभमन गिलको शतकको मद्दतमा भारतले यो खेलमा ३८५ रन बनाएको थियो, जवाफमा न्यूजील्याण्डको टीमले २९५ रन बनायो ।

योसंगै भारतले न्यूजील्याण्डलाई इन्दौर वनडे खेलमा ९० रनले पराजित गरेको थियो । योसंगै भारतले तीन खेलको वनडे सीरीज ३–० ले आफ्नो पक्षमा पारेको छ ।

यसका साथै भारत आईसीसीको वनडे र्याङ्किङमा नम्बर एकको स्थानमा पुगेको छ । यो खेलको नतिजा आउनु अघिसम्म न्यूजील्याण्डको टीम नम्बर एकमा थियो ।

भारतले दिएको ३८६ रनको लक्ष्य पछ्याउने क्रममा न्यूजील्याण्डका डेभोन कोन्वेले शतक प्रहार गरे । उनले १३८ रन बनाए । उनी बाहेक न्यूजील्याण्डका तर्फबाट अन्य कुनै पनि खेलाडीले उत्कृष्ट योगदान दिन सकेनने । न्यूजील्याण्डका हेनरी निकोल्सले ४२, डेरिल मिचेलले २४, माइकल ब्रेसवेलले २६ तथा मिचेल स्ल्यान्टरले ३४ रनको योगदान दिए ।

भारतका शार्दुल ठाकुर तथा कुलदीप यादवले तीन तीन विकेट लिए भने युजवेन्द्र चाहलले २ तथा हार्दिक पाण्ड्या र उमरान मलिकले एक–एक विकेट लिए ।

प्रतिक्रिया