Pura Samachar

गृहमन्त्री रवि लामिछानेको नागरिकता पुन: प्राप्तिको विवादमा: सम्भवत आजै निर्णय सुनाउने

प्रकाशित: January 27, 2023
पूरा समाचार

गृहमन्त्री रवि लामिछानेको नागरिकता पुन: प्राप्तिको विवादमा: सम्भवत आजै निर्णय सुनाउने

१३ माघ, काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता पुन: प्राप्तिको विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले संक्षिप्त सुनुवाई गरेर सम्भवतः आजै निर्णय सुनाउनेछ ।

शुक्रबार गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले बाँकी बहस गर्नेछन् भने त्यसपछि रिट निवेदकहरुले जवाफी बहस गर्न पालो पाउनेछन् । खाजा समयअघि नै बहस सकिने भएकाले शुक्रबार नै संक्षिप्त आदेशसहित निर्णय सुनाउने सम्भावना छ । त्यसो नभए सर्वोच्च अदालतले निर्णय सुनाउने कुनै मिति तोक्न पनि पाँउछ ।

प्रतिक्रिया