Pura Samachar

रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनलमा

प्रकाशित: January 27, 2023
पूरा समाचार

रियल म्याड्रिड  कोपा डेल रेको सेमिफाइनलमा

रियल म्याड्रिडले अतिरिक्त समयमा छिमेकी एट्लेटिको म्याड्रिडलाई ३–१ ले पराजित गर्दै बिहीबार कोपा डेल रेको सेमिफाइनल यात्रा तय गरेको छ ।  एट्लेटिकोले अल्भारो मोराटाको गोलमा अग्रता लिएयता रोडरिगोलले बराबरी गोल गरे ।

त्यसपछि अतिरिक्त समयमा करिम बेन्जेमा र भिनिसियस जुनियरले एक/एक गोल गरे । त्यस अगाडि एथलेटिको बिलबाओले अर्को खेलमा भ्यालेन्सियालाई ३–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको थियो ।

सेमिफाइनल पुग्ने अन्य दुई टिममा बार्सिलोना र ओसासुना पनि रहेका छन् । अब सेमिफाइनलको ड्र सोमबार निकालिनेछ ।

प्रतिक्रिया