Pura Samachar

भारतले न्यूजिल्याण्डविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा ६ विकेटको जित

प्रकाशित: January 30, 2023
पूरा समाचार

भारतले न्यूजिल्याण्डविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा ६ विकेटको जित

काठमाडौं।घरेलु टोली भारतले न्यूजिल्याण्डविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा जित हात पारेको छ । लखनउमा भएको दोस्रो टी-ट्वान्टी खेलमा ६ विकेटको जित हात पारेको घरेलु टोलीले तीन खेलको टी-ट्वान्टी सिरिजमा १-१ को बराबरी गरेको छ ।

न्युजिल्याण्ड दिएको १ सय रनको लक्ष्य घरेलु टोलीले १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। भारतका लागि सुर्यकुमार यादवले अविजित २६ रन बनाउँदा इशान किसनले १९ रन बनाए ।

कप्तान हार्दिक पाण्ड्याले अविजित १५ रन बनाउँदा राहुल त्रिपाटीले १३ रन बनाए । शुभमन गिलले ११ रन बनाउँदा वासिङ्टन सुन्दरले १० रन बनाए ।

पाहुना टोलीका लागि माइकल ब्राकवेल र इस सोधीले समान १/१ विकेट लिए । त्यसअघि लखनउमा टस जितेर पहिले ब्याटिङ गरेको २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो। उसका लागि कप्तान मिचेल सान्टनरले १९, मार्क च्यापम्यान, माइकल ब्रेसवेलले समान १४/१४, फिन एलेन, डेभन कन्वेले ११/११ रन बनाए।

बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। भारतका लागि अर्शदीप सिंहले २, हार्दिक पाण्ड्या, वाशिङ्गटन सुन्दर, युजवेन्द्र चहल, दीपक हुडा र कुलदीप यादवले १/१ विकेट लिए। तीन खेलको टी-२० सिरिजमा तेस्रो खेल आगामी बुधबार हुनेछ।

प्रतिक्रिया