१६ माघ, काठमाडौं । काठमाडौंको गौशालामा बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटरमा सवार एक युवतीको आइतबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा नारायणटार बस्ने गोरखाकी २२ वर्षीया रोशनी मगर रहेकी छिन् ।
चाबहिलबाट गौशालातर्फ गइरहेको प्रदेश ३-०१-००६ ख ११०९ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बा९२प ६४२३ नम्बरको स्कुटरलाई आइतबार दिउँसो सवा ३ बजे ठक्कर दिएको थियो ।
रोशनीको चाबहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा उपचारको क्रममा आइतबार राति पौने १२ बजे मृत्यु भएको हो ।
दुवै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।













प्रतिक्रिया