Pura Samachar

पोखरामा नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक बस्दै

प्रकाशित: January 31, 2023
पूरा समाचार

पोखरामा  नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक बस्दै

काठमाडौँ,नेपाल क्रिकेट संघ (क्यान) को आगामी निर्वाचन निर्धारित समयभन्दा चाँडै हुने सम्भावना देखिएको छ । पोखरामा मंगलबार हुन लागेको बोर्ड बैठकले यसबारे टुंगो लगाउने छ । बैठकमा क्यानको साधारणसभा सहित १७ बुँदामा छलफल हुँदै छ ।

निर्धारित तालिकाअनुसार असोजमा चतुरबहादुर चन्द नेतृत्वको क्यानले चारवर्षे कार्यकाल पूरा गर्दै छ । त्यसभन्दा तीन महिनाअगाडि नै साधारणसभा बोलाएर क्यान नेतृत्व ‘अर्ली इलेक्सन’ को तयारीमा देखिन्छ । बोर्ड बैठकका लागि प्रस्तुत गरिएको एजेन्डाको चौथो नम्बरमा क्यानको वार्षिक साधारणसभा र सातौं नम्बरमा विशेष साधारणसभा र निर्वाचन छ । त्यसका लागि बाँकी जिल्लाहरूको निर्वाचन, ७ प्रदेशको निर्वाचनको विषयमा बोर्ड बैठकले निर्णय गर्नेछ । संघको विधान संशोधन पनि एजेन्डाको रूपमा राखिएको छ ।

प्रतिक्रिया