Pura Samachar

पाकिस्तानकोपेशावरमा भएको शक्तिशाली बम विस्फोटमा परेर ५९ जनाकाे मिर्तु

प्रकाशित: January 31, 2023
पूरा समाचार

पाकिस्तानकोपेशावरमा भएको शक्तिशाली बम विस्फोटमा परेर ५९ जनाकाे मिर्तु

एजेन्सी : पाकिस्तानको उत्तर पश्चिमी सहर पेशावरमा भएको शक्तिशाली बम विस्फोटमा परेर ज्यान गुमाउनेको संख्या ५९ जना पुगेको छ ।

घटनामा १ सय ५० जनाभन्दा धेरै मानिस घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

सोमबार दिउँसो पेशावरको एक मस्जिदमा प्रार्थनाको समयमा बम विस्फोट भएको थियो । गएको नोभेम्बरमा युद्धविराम भंग गरेको पाकिस्तानी तालिबानले यो विस्फोट गराएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

प्रधानमन्त्री शहबाज शरिफले घटनाको निन्दा गरी उनीहरुको इस्लामसँग कुनै साइनो नहुने बताएका छन् ।

प्रतिक्रिया