Pura Samachar

सुनको मूल्य आजसम्मकै उच्च कायम

प्रकाशित: February 2, 2023
पूरा समाचार

सुनको मूल्य आजसम्मकै उच्च कायम

काठमाडौं। सुनको मूल्य एकैदिन तोलामा १२ सय रुपैयाँले बढ्दै आजसम्मकै उच्च मूल्य कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको बजार मूल्य प्रतितोला एक लाख ७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।
बुधबार सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ७० रुपैयाँ थियो।

बिहेको लगनका कारण बजारमा सुनको कारोबार बढ्न थालेसँगै मूल्य पनि थप महँगो हुँदै गएको छ। अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस १९५३.४९ डलर पुगेको छ। चाँदी प्रतिऔंस २४.१८ डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया