
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वकप्तान सन्दीप लामिछाने र युवा तीव्र गतिका बलर प्रशित जिसीलाई समेट्दै बन्द प्रशिक्षणका लागि २० सदस्यीय टोली घोषणा गरेको छ । यसअघि क्यानले आसन्न त्रिकोणात्मक सिरिजका लागि सन्दीप र प्रशितलाई बाहिर राख्दै २८ सदस्यीय टोली घोषणा गरेको थियो । क्यानले आज भने सन्दीप र प्रशितलाई पनि बन्द प्रशिक्षणमा समावेश गरेकाे हो ।
बुधबार पोखरामा बसेको क्यान बैठकले निलम्बन फुकुवा गरेपछि सन्दीप राष्ट्रिय टिममा फर्किएका हुन् । उनलाई दुई हप्तापछि हुने आईसीसी विश्व कप लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग हुने शृङ्खलालाई मध्यनजर गरेर टिममा बोलाइएको छनोट समितिले जनाएको छ । आसन्न नामिबिया र स्कटल्याण्डविरुद्धको सिरिजमा नेपालले पहिलो खेल १४ फेब्रुअरीमा नामिबियाविरुद्ध खेल्नेछ ।
त्यस्तै, नेपालले १७ फेब्रुअरीमा स्कटल्याण्ड, १८ फेब्रुअरीमा नामिबिया तथा २१ फेब्रुअरीमा स्कटल्याण्डविरुद्ध खेल्ने तालिका छ । हालसम्म नेपालले विश्वकप लिग–२ मा २४ म्याच खेलेकाे छ । जसमा नेपालले आठमा जित, १४ मा हार र दुई खेलमा अंक बाँडेको छ । नेपाल अहिले १८ अंकका साथ तालिकाको छैटौं स्थानमा छ ।
शीर्ष पाँचमा रहेर एकदिवसीय मान्यता जोगाउन नेपालले आसन्न घरेलु सिरिजमा राम्रो खेल्नुपर्ने देखिन्छ । विश्वकप लिग–२ तालिकामा स्कटल्याण्ड र नामिबिया भने बलियो स्थितिमा छन् । स्कटल्याण्डले अहिलेसम्म ३२ म्याच खेल्दा २२ मा जित, आठमा हार र दुई खेलमा अंक बाँडेको छ । ऊ ४६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । स्कटल्याण्ड शीर्ष तीनमा रहेर एकदिवसीय विश्वकप छनोट खेल्ने पक्का भइसकेको छ ।
त्यस्तै, नामिबियाले हालसम्म विश्वकप लिग–२ मा ३० म्याच खेल्दा १८ मा जित, ११ मा हार र एक खेलमा अंक बाँडेको छ । ऊ ३७ अंकका साथ तालिकाको तेस्रो नम्बरमा छ । विश्वकप लिग–२ मा सात टिमले प्रतिस्पर्धा गरिरहेका छन् । हरेक टिमले ३६ म्याच खेल्न पाउँछ । अन्त्यमा तालिकाको शीर्ष तीनमा रहने टोलीले सिधै वानडे विश्वकप छनोट खेल्न पाउने छन् ।
नेपालको २० सदस्यीय प्रारम्भिक टोली घोषणा, सन्दीपसँगै यी खेलाडीले पाए मौका :

प्रतिक्रिया