Pura Samachar

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि सर्यो , भोलि दिउँसो १ बजे बस्ने

प्रकाशित: February 3, 2023
पूरा समाचार

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि सर्यो , भोलि दिउँसो १ बजे बस्ने

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि सरेको छ। शुक्रबार दिउँसो ३ बजे बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्थताका कारण शनिबार दिउँसो १ बजेसम्मलाई सारेको हो।

माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार बिहीबार बोलाइएको बैठक एजेन्डामै प्रवेश नगरी स्थगित भएको थियो। यही माघ १२ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक पटक–पटक बस्दै सर्दै आएको छ। बैठकले पार्टी एकता, नेताहरुको कार्यविभाजन लगायतका बिषयमा निर्णय लिने बताइको छ।

प्रतिक्रिया