२१ माघ, काठमाडौं । बेलायती कीर्तिमानी रकममा अनुबन्ध भएका मिडफिल्डर एन्जो फर्नान्डेजले प्रिमियर लिगमा चेल्सीका लागि डेब्यु गरे पनि उनले चेल्सीलाई २०२३ को दोस्रो जित दिलाउन भने सकेनन् ।
घरेलु मैदान स्टानफोर्ड ब्रिजमा शुक्रबार राति भएको खेलमा चेल्सीलाई फुलहमले गोलरहित बराबरीमा रोकेको हो ।
कतारमा सम्पन्न विश्वकपमा योङ प्लेअर अवार्ड समेत जितेका फर्नान्डेजले प्रिमिर लिगको यात्रा बराबरीबाट सुरु गरे । दोस्रो हाफमा उनको प्रयास पोष्ट भन्दा केही छेउबाट गएको थियो । जसले गर्दा उनको ड्रिप डेब्यु पूर्ण हुन सकेन । काई हाभार्टले पनि गोलको नजिक पुगेपनि सफल हुन सकेनन् । अर्का डेब्युटान्ट डेभिड डात्रो फोफानाको प्रहार गोललाइनबाट सेभ भएको थियो ।













प्रतिक्रिया