Pura Samachar

रियल म्याड्रिडकाे हार

प्रकाशित: February 6, 2023
पूरा समाचार

रियल म्याड्रिडकाे हार

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत महारथी रियल म्याड्रिडले हार बेहोरेको छ । अंक तालिकाको दशौं स्थानमा रहेको मालोर्काले रियलविरुद्ध १-० को जित दर्ता गरेको हो ।

खेलको वार्म अपको क्रममा नै गोलरक्षक थिबाउट कोर्टुवा घाइते भएपछि रियल दबाबमा थियो । १३ औं मिनेटमा घरेलु टोली मालोर्काले अग्रता लियो । भेदाट मुरिकीको हेडर नाचोलाई लाग्दै गोलमा परिणत भएपछि रियल पछि परेको थियो ।

दोस्रो हाफमा रियलले खेलमा फर्कने सुवर्ण अवसर पाएको थियो । गोलरक्षक पेद्राग राकोभिचले भिनीसियसलाई पेनाल्टी क्षेत्र भित्र लडाएपछि रियलले पेनाल्टीको अवसर पायो । तर मार्को एसेन्सियोले पेनाल्टीमा गोल गर्न सकेनन् । गोलरक्षक राकोभिचले एसेन्सियोको प्रहार विफल पारे ।

सन् २०१९ पछि मालोर्काले रियललाई पहिलो पटक हराएको हो । हालसम्म यी दुई टोलीको १४ पटक खेल हुँदा मालोर्का २ पटक विजयी भएको छ ।

यस हारसँगै रियल बने बार्सिलोनाभन्दा ५ अंकले नै पछि रहेको छ । एक खेल कम खेलेको बार्सिलोनाले आज सेभियालाई पराजित गरे ८ अंकको अग्रता लिनेछ । बार्सिलोनाको १९ खेलमा ५० अंक तथा रियलको २० खेलमा ४५ अंक रहेको छ ।

प्रतिक्रिया