Pura Samachar

नेपालमा प्रतिबन्धित भारतीय रूपियाँ दुई लाख ८७ हजार नोटसहित एक जना भारतीय नागरिक पक्राउ

प्रकाशित: February 6, 2023
पूरा समाचार

नेपालमा प्रतिबन्धित भारतीय रूपियाँ दुई लाख ८७ हजार नोटसहित एक जना भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपालमा प्रतिबन्धित भारतीय रूपियाँ दुई लाख ८७ हजार नोटसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो आइतबार २ हजार दरको ४० थान र ५ सय दरको १ सय १४ थान गरी जम्मा २ लाख ८७ हजारसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ४७ वर्षीय महेशभाइ रुगनाथभाई कुंडारीया रहेको प्रहरीले जनाएको छ । बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट विराटनगर जान लागेका कुंडारीयालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनको ह्याण्ड व्यागभित्र उक्त प्रतिबन्धित भारतीय रूपियाँ फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया