Pura Samachar

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित: February 7, 2023
पूरा समाचार

सुनचाँदीको मूल्य स्थिर

स्थानीय बजारमा मंगलबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ।

सोमबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार पनि चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा नै कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया