Pura Samachar

राष्ट्रपति पदको निर्वाचनमा कांग्रेसले उमेदवारी दिने र जित्छ:नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला

प्रकाशित: February 7, 2023
पूरा समाचार

राष्ट्रपति पदको निर्वाचनमा कांग्रेसले उमेदवारी दिने र जित्छ:नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अबको राष्ट्रपति आफ्नो पार्टीबाटै बन्ने जिकिर गरेका छन् । मंगलबार चितवनमा आयोजित एक कार्यक्रममा उनले राष्ट्रपति पदको निर्वाचनमा कांग्रेसले उमेदवारी दिने र जित्ने जिकिर गरे ।

“तपाईंहरूको मनमा २५ फागुनमा राष्ट्रप्तिको निर्वाचनमा के हुन्छ, अर्को प्रश्न उठेको होला । कांग्रेसले उमेदवारी दिन्छ र त्यो उमेदवारलाई हामी जिताउँछौँ भन्ने कुरामा दुई मत छैन,” उनले भने ।

“अहिले राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा जुन कुरा आएको छ, त्यो विषयलाई लिएर सत्तामा रहनुभएका दलहरूले नेपाली कांग्रेसले भाँजो हाल्न खोज्यो भनिरहनुभएको छ,” उनले भने, “हामी ठूलो पार्टी हौँ । संसद्मा हाम्रो सदस्य धेरै हुनुहुन्छ । हामी प्रतिपक्षमा छौँ । हामी प्रतिपक्षको भूमिका खेल्छौँ, सत्तामा जादैनौं । हामी गभर्मेन्ट इन वोइटिङ भन्ने कुरा उहाँहरूले बुझ्न जरूरी छ । यो कुरा सत्ताको दलले बुझेर पनि बुज पचाएको देखिन्छ ।”

नेता कोइरालाले कांग्रेस स्वतन्त्र न्यायपायिका र स्वतन्त्र सञ्चारजगत्को पक्षमा रहेको बताए ।

देश अहिले अप्ठ्यारो स्थितिमा रहेको महसुुस आफूले गरेको पनि उनले बताए । किसानले उब्जाएको तरकारीले मूल्य नपाउनु र ऋण तिर्न नसकेर आत्मदाह गर्नुले नेपालमा आर्थिक, सामाजिक र राजनीतिक विकृतिको संकेत गरेको उनको भनाइ छ

प्रतिक्रिया