Pura Samachar

नेप्से परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ अंक विन्दुमा

प्रकाशित: February 8, 2023
पूरा समाचार

नेप्से परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ अंक विन्दुमा

काठमाडौं । साताको चौथो दिन नेप्सेमा गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ५ लाख २ हजारको कित्ता सेयर ३ अर्ब ६९ करोड १९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४२ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ११ करोड २८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, अपी पावरको १० करोड २१ लाख, न्याङदी ग्रुप पावरको ८ करोड ९५ लाख, एनआइसी एसियाको ८ करोड १८ लाख र शिवम् सिमेन्ट्सको ७ करोड ६१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया