Pura Samachar

पछिल्लो केही दिनदेखि सेयर बजार उकालो त्तर्फ

प्रकाशित: February 9, 2023
पूरा समाचार

पछिल्लो केही दिनदेखि सेयर बजार उकालो त्तर्फ

२०७९ माघ २६ काठमाडौं। मौद्रिक नीति समीक्षामार्फत नीतिगत लचकता अपनाउने अनुमानका कारण पछिल्लो केही दिनदेखि सेयर बजार उकालो लागेको छ।
सेयर धितो कर्जाको जोखिम भार १५०बाट सयमा झार्ने र १२ करोडको सीमा पनि बढाउने अनुमानका आधारमा विहीबार पनि बजार उकालो लागेको छ। शुक्रबार मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा सार्वजनिक हुँदैछ।

 

विहीबार नेप्से परिसूचक १२.४३ अंकले बढेर २१८२.६१ विन्दुमा आइपुगेको छ। यस्तै सेन्सेटिभ पनि १.४२ अंकले बढेको छ। कारोबारमा देखिएका १३ उपसमुह मध्ये सामुहिक लगानी कोष अर्थात म्यूचुअल फन्ड सामान्य घटेको छ। बाँकी १२ उप समुह हरियाली भएका छन्।

कारोबारमा आएका कम्पनीहरु मध्ये केही समय अघि नेप्सेमा सूचीकृत भएर दोस्रो बजारमा कारोबारमा आएको बलेफी हाइड्रोपावरको सेयर मूल्यम सर्किट लागेको छ। यस्तै गत आर्थिक वर्षको नाफाबाट २१ प्रतिशतसम्म लाभांश वितरणको प्रस्ताव अघि बढाएको विजय लघुवित्तको सेयर मूल्य पनि करिरब ६ प्रतिशतले बढेको छ।

मौद्रीक नीतिको समीक्षा पर्खेका लगानीकर्ता निष्कृय बन्दा कारोबार भने घटेको छ। दिनभरको कारोबार अवधिमा २ अर्ब ६ करोड बराबरको सेयर कारोबार भएको हो। बुधबारको तुलनामा यो निकै कम हो। बुधबार ३ अर्ब ६९ करोड बराबरको सेयर किनबेच भएको थियो।

प्रतिक्रिया