
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । देउवा निवास धुम्बारीहमा दुई नेताबीच भेटवार्ता भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । “सुदूरश्चिम सरकारबारे छलफल भएको हो,” उनले बाह्रखरीसँग भने ।
सुदूरपश्चिम प्रदेशमा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि कांग्रेसका कमल शाह मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।
प्रतिक्रिया