Pura Samachar

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा लाठी चार्ज गर्ने प्रहरी हबल्दार निलम्बनमा

प्रकाशित: February 11, 2023
पूरा समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा  लाठी चार्ज गर्ने प्रहरी हबल्दार निलम्बनमा

काठमाडौँ । शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई लाठी चार्ज गर्ने प्रहरी हबल्दार निलम्बनमा परेका छन्।
नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले निलम्बन पर्नेमा वरिष्ठ हवल्दार शम्भुजंग गुरुङ रहेको जानकारी दिए।

शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका थिए ।

भण्डारी संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका गुरुङले लाठी चार्ज गरेका थिए।

प्रतिक्रिया