Pura Samachar

आज मन्त्रिपरिषद्को बैठक बस्दै

प्रकाशित: February 12, 2023
पूरा समाचार

आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बैठक अपराह्न ४ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।

आजको बैठकमा नियमित निर्णयसँगै भूकम्पले क्षति पुर्‍याएको टर्कीलाई सहयोग उपलब्ध गराउनेबारे निर्णय हुन सक्ने एक मन्त्रीले प्रशासनलाई जानकारी दिए। 

यससँगै केही प्रशासनिक विषयमा छलफल हुने जनाइए पनि निर्णय बारे भने अहिले नै भन्न नसकिने उनले जनाए ।

प्रतिक्रिया