
काठमाडौं । उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिबारे गठबन्धनमा मतभेद नरहेको जिकिर गरेका छन् ।
आइतबार बिहान बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा नयाँ राष्ट्रपतिबारे कुराकानी नभएको उनको भनाइ छ ।
“बाहिर आइराखेका कुरा भ्रमपूर्ण छन् । हामीले यो सरकार निर्माणका क्रममा जुन सहमति कायम गरेका थियौँ, त्यो सहमतिमा सत्तासाझेदार दलमा कुनै विमति छैन,” उनले भने, “सहमतिमा परिवर्तन गर्नुपर्यो भने त्यो छलफलबाटै हुन्छ । अहिले त्यस्तो सम्भावना छैन । आज त्यसबारे छलफल भएन ।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा ल्याउनेबारे पनि बैठकमा छलफल भएको उनले जानकारी दिए ।
प्रतिक्रिया