Pura Samachar

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाकाे जित

प्रकाशित: February 13, 2023
पूरा समाचार

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाकाे जित

काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्ला रियललाई १-० गोल अन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा पेड्रीले निर्णायक गोल गरे । पेड्रीले खेलको १८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा गोल गरेका हुन् ।

जितसँगै बार्सिलोनाले २१ खेलमा ५६ अंक जोडेको छ। बार्सिलोना दोस्रो स्थानको रियल मड्रिडभन्दा ११ अंकले अघि रहेको छ । रियलको ४५ अंक रहेको छ । भिल्ला ३१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

यसैगरी इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले हराएको हो । खेलको चौंथो मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ३९ औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दा सिटीको अग्रता २-० को बन्यो । पहिलो हाफको इन्जुरी समयमा रियाद महरेजले पेनाल्टीबाट गोल गर्दा सिटी ३-० ले अघि रह्यो ।

खेलको ६१ औं मिनेटमा एस्टनका ओली वाट्किन्सले गोल गरेपनि सिटी ३-१ ले विजयी भयो । यस जितसँगै सिटी दोस्रो स्थानमा उक्लिएको छ ।

सिटीले २२ खेलमा ४८ अंक जोडेको छ । एस्टन २८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया