
काठमाडौं, इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा उपाधि होडमा रहेको म्यानचेस्टर सिटीले २२औं साताको खेलमा सहज जित निकालेको छ । आज आइतबार राति भएको खेलमा सिटीले आफ्नो घरेलु मैदानमा पाहुना टोली एस्टोन भिल्लामाथि ३–१ को सहज जित निकालेको हो । यो जितका साथ सिटी पुनः दोस्रो स्थानमा चढेको छ । यसअघि म्यानचेस्टर युनाइटेडले आफ्नो खेलमा लिड्स युनाइटेडलाई हराएर तेस्रोबाट दोस्रो स्थानमा चढ्दा सिटी दोस्रोबाट तेस्रोमा झरेको थियो ।
त्यसपछि सिटीले खेलको ३९औं मिनेटमा अग्रता दोब्बर बनायो । यसपटक जर्मन खेलाडी इकाई गुन्डोवानले गोल गरे । उनको गोलमा युवा खेलाडी अर्लिङ हाल्यान्डले बक्स भित्रबाट राम्रो असिस्ट मिलाएका थिए । जसमा अनमार्क रहेका गुन्डोवानले सहजै गोल गर्न सफल भए । त्यसपछि पहिलो हाफकै इन्जुरी समयमा सिटीले पेनाल्टी पायो, जसमा महारेजले गोल गरेर सिटीलाई सहज अग्रता दिलाए । आजको खेलमा हाल्यान्डले पेनाल्टी नहानी महारेजले प्रहार गरेका थिए ।
३ गोलले पछि परेको अवस्थामा भिल्लाले ६१औं मिनेटमा १ गोल फर्कायो । उसका लागि सब्सिच्यूट खेलाडी ओइले वाटकिन्सले गोल गरेपछि गोल अन्तर घट्यो । तर, त्यसपछि दुवै तर्फबाट थप गोल नहुँदा खेल सिटीले ३–१ को अन्तरमा जित्यो । आजको खेलमा सिटीका दुई जना खेलाडी रियाद महारेज र हाल्यान्ड एक–एकपटक सुनौलो अवसरमा चुकेका थिए । अब यो जितपछि सिटीको खातामा २२ खेलपछि ४८ अंक भएको छ । सिटीले लिग लिडर आर्सनलसँगको दूरी ३ मा छोट्याएको छ । तर, आर्सनलले एक खेल कम खेलेको अवस्था छ ।
प्रतिक्रिया