Pura Samachar

आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा आज दुई खेल हुदै

प्रकाशित: February 13, 2023
पूरा समाचार

आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा आज दुई खेल हुदै

काठमाडौं । आठौं संस्करणको आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा आज सोमबार दुई खेल हुदैछ ।

दक्षिण अफ्रिकामा जारी आठौं संस्करणको विश्वकपमा आज समूह ‘ए’ र समूह ‘बी’ का खेलहरु हुदैछ ।

आजको पहिलो खेलमा समूह ‘बी’ मा रहेका इंग्ल्याण्ड र आयरल्याण्डबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।

दुई देशबीचको एक टी-ट्वान्टी अन्तराष्ट्रिय भएकोमा सो खेल इंग्ल्याण्डले जितेको थियो ।

आफ्नो पहिलो खेलमा वेस्ट इण्डिजलाई पराजित गरेको इंग्ल्याण्ड लगातार दोस्रो जितको खोजिमा रहेको छ ।

आयरल्याण्ड जितका साथ विश्वकपको सुरुआत गर्न चाहान्छ ।

आज नै हुने दोस्रो खेलमा समूह ‘ए’ मा रहेका साउथ अफ्रिका र न्युजिल्याण्डबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार बेलुका १०ः४५ बजे आयोजना हुनेछ ।

पहिलो खेलमा पराजित दुवै टोली पहिलो जितको खोजिमा रहेका छन् । आयोजक दक्षिण अफ्रिका पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो ।

न्युजिल्याण्ड अष्ट्रेलियासँग पराजित भएको थियो ।

दुई देशबीचको पछिल्लो पाँच टी-ट्वान्टी अन्तराष्ट्रियमा खेलमा ३ खेल न्युजिल्याण्डले जित्दा १ खेल दक्षिण अफ्रिकाले जितेको र १ खेल नतिजा बिहिन टुङ्गीएको थियो ।

दुवै खेल पार्लमा हुनेछ ।

प्रतिक्रिया