Pura Samachar

नामिबियाविरुद्धको खेलमा नेपालले सुरुआतमा बलिङ गर्ने

प्रकाशित: February 14, 2023
पूरा समाचार

नामिबियाविरुद्धको खेलमा नेपालले सुरुआतमा बलिङ गर्ने

काठमाडौं ।  आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय सिरिज अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । नामिबियाले सुरुआतमा ब्याटिङ गर्नेछ ।

एकदिवसीय अन्तराष्ट्रियमा नामिबियाविरुद्ध नेपालले पहिलो पटक घरेलु भुमिमा खेल्न लागेको हो ।

लिस्ट ‘ए’ मान्यता प्राप्त खेलमा भने २०१६ मा नेपाल र नामिबियाले नेपालमा खेलिसकेका छन् ।

 

२०१६ मा भएको दुई खेलमा दुवै खेल नेपालले जितेको थियो ।

नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ ।

सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया