
काठमाडाैं । हाल नेपालमा उल्लेखनीय वायुकाे प्रभाव नभएकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरूको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, बुधबार राती देशभरकाे माैसम सामान्यतया सफा रहने महाशाखाकाे भनाइ छ ।
प्रतिक्रिया